काठमाडौँ– नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक डाकेको छ ।


ADVERTISEMENT


कांग्रेस सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको बोलाएका हुन् ।


ADVERTISEMENT

# # #


बैठक आज साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने बुझिएको छ । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले जानकारी दिए ।

विपक्षी दलमा रहेको राप्रपाले पछिल्लो समय परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न आज २ बजे पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।

यसैगरि हाल सत्तापक्षमा रहेको रास्वपाले भनृ नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ ।