काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खुमलटारमा ‘वान टु वान’ वार्ता जारी छ ।


ADVERTISEMENT


प्रचण्ड निवास खुमलटारमा भएको वार्तामा पार्टी एकता र सरकार गठनको विषयमा कुराकानी भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार माओवादी केन्द्रले सरकार गठनभन्दा पनि पार्टी एकतालाई नै मुख्य प्राथमिकता दिएको छ । दुई नेताबीचको वार्तामा सरकार गठनबारे ठोस रूपमा छलफल हुने बताइएको छ । बैठकमा मुख्यमन्त्री र सभामुखको विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

सभामुख र मुख्यमन्त्रीको पद बाँडफाँडको लागि एमाले र माओवादीबीचको संयुक्त कार्यदलको बैठक एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा दिउँसो ३ बजे बस्दैछ ।

माओवादीले २ मुख्यमन्त्री र ४ सभामुख पाउनुपर्ने दावी गर्दै आएको छ । तर, एमालेले माओवादीको मागलाई स्वीकार गरेको छैन । आजको बैठकले यसबारे ठोक निष्कर्ष निकाल्ने बुझिएको छ ।