बैंग्लुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) को ११ औँ संस्करणका लागि बैंग्लुरुमा आज दोस्रो दिन लिलामी जारी रहेको छ ।


ADVERTISEMENT


राहुल चहर आइतबार बिक्री हुने पहिलो खेलाडी बने भने जयदेव उनादकट सबैभन्दा महंगो रकममा बिक्ने भारतीय खेलाडी बनेका छन् । राजस्थान रोयलले उनलाई ११.५ करोड भारुमा खरिद गरेको छ । मात्र २० लाख बेस प्राइस रहेको गौतम कृष्णप्पालाई ३१ गुणा बढी रकम प्राप्त भयो ।


ADVERTISEMENT

# # #


यसअघि शनिबार भएको पहिलो दिनको अक्सनमा कूल ७८ क्रिकेटर्सलाई अलग अलग टोलीले करीब ३२१ करोड भारतीय रुपैयाँ खर्च गरेर खरिद गरेका थिए ।
पहिलो दिन बेन स्टोक्स सबैभन्दा महंगो रकममा बिक्री भएका थिए । उनलाई राजस्थान रोयल्सले १२.५ करोडमा खरिद गरेको थियो ।

१८ खेलाडी पूरानै टोलीमा

अक्सन अघि १८ वटा खेलाडीलाई टोलीले रिटेन गरिसकेको छ । जसमा एमएस धोनी, सुरेश रैना, रवीन्द्र जडेजा (चेन्नाई सुपरकिङ्ग्स), ऋषभ पन्त, क्रिस मोरिस, श्रेयस अय्यर (दिल्ली डेयरडेभिल्स), रोहित शर्मा, हार्दिक पाण्ड्या, जसप्रीत बुमराह (मुम्बई इन्डियन्स), विराट कोहली, एबी डिभेलियर्स, सरफराज खान (रोयल च्यालेन्जर्स बैंगलुरु) सुनील नरेन, आन्द्रे रसल (कोलकाता नाइट राइडर्स), डेविड वार्नर, भुवनेश्वर कुमार (सनराइजर्स हैदरावाद), अक्षर पटेल (किंग्स इलेभेन पञ्जाव), स्टीभन स्मिथ (राजस्थान रोयल्स) ।

एक टिममा हुनसक्छन् २५ खेलाडी

नियम अनुसार हर टिममा कम्तिमा १८ र बढीमा २५ खेलाडी हुनसक्छन् । जसमा ८ विदेशी खेलाडी राख्न पाइन्छ ।

चेन्नाई सुपर किङ्ग्स, दिल्ली डेयर डेभिल, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुले ३–३ खेलाडीलाई रिटेन गरेका छन् ।
कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदरावादले २–२ खेलाडीलाई रिटेन गरेका छन् ।

किङ्ग्स इलेभेन पञ्जाब र राजस्थान रोयलस्ले मात्र १–१ खेलाडी रिटेन गरेका छन् ।

पछिल्लो सिजनका दुई टिम आउट

दुई वर्ष प्रतिबन्ध झेलेपछि यो सिजनबाट चेन्नाई सुपर किङ्ग्स र राजस्थान रोयल्स फर्किएका छन् । त्यसै गरी पछिल्लो दुई सिजन आइपीएल खेलेका गुजरात लायन्स र पुणे सुपर जायन्टस बाहिर भएका छन् ।