काठमाडौँ– नेपाली सेन वार्न सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग(आइपीएल) मा छनोट हुन् पहिलो नेपाली खेलाडी बनेका छन् । उनी नेपालको तर्फबाट आइपीएलको अक्सनमा पुग्ने पनि पहिलो खेलाडी बनेका थिए ।


ADVERTISEMENT


उनलाई दिल्ली डेयरडेभिल्सले आगामी अप्रिलमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि अक्सनबाट २० लाख भारतीय रुपैयाँमा आफ्नो क्लबमा आवद्ध गरेको हो ।


ADVERTISEMENT

# # #


दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।

दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ ‘आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।’

 

छनोट भएपनि उनले मैदानमा उत्रिन भने अझै मेहनेत गर्नुपर्ने देखिन्छ । यसका लागि अन्तिम १८ खेलाडी छनोट गरिनेछ ।

यस्तै अष्ट्रलियाका पूर्व कप्तान पनि सन्दीपको छनोट भएपछि एकदमै खुसी भएको छन् । उनले ट्वीट गरेका छन् ।