काठमाडौं – नेपाल र उज्वेकीस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध १५८ राष्ट्रसँग जोडिएको छ ।


ADVERTISEMENT


गएको शुक्रबार राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उज्वेकिस्तानका राष्ट्रसंघीय प्रतिनिधि भक्तियोर इब्रागीमोभबीच न्यूयोर्कस्थित नेपाली नियोगमा भएको यो प्रगतिबारे राष्ट्रसंघ सचीवालयलाई पनि जानकारी गराईएको छ ।


ADVERTISEMENT

# # #


त्यस अवसरमा दुबै देशका प्रतिनिधिले आगामी दिनमा आपसी सहकार्यलाई अझ प्रगाढ बनाउँदै लैजाने बताएको नियोगद्वारा जारी प्रेस वक्तब्यमा जनाइएको छ । उज्वेकिस्तान र नेपाल यसअघि पनि राष्ट्रसंघीय कार्यक्रममा आपसी सहकार्य गर्दै आएका छन् ।

३ करोड २० लाख जनसंख्या रहेको उज्वेकिस्तान संसारको चौथो ठूलो सुन भण्डार भएको देश हो । यो देश धेरै विद्युत उत्पादन गर्ने देश तथा प्रमुख कपास उत्पादन गर्ने देशका रुपमा पनि लिइन्छ ।