काठमाडौं-केकी अधिकारी अभिनित सामाजिक चलचित्र ‘गाउँकी छोरी’ सार्वजनिक भएको छ । सार्वजनिक सामाजिक चलचित्रमा केकी गाउँपालिका अध्यक्ष बनेकी छिन् ।


ADVERTISEMENT


स्थानीय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई यो चलचित्रमा देखाइएको छ । पढ्न शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनितिमा प्रवेश गर्छिन् । स्थानीय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय भएर गाउँको सेवा गर्छिन् ।


ADVERTISEMENT

# # #


नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र ‘गाउँकी छोरी’ आईतबार युट्युबमा सार्वजनिक भएको हो । दिपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् ।

चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले र विष्णु बुढाथोकीलगायतको अभिनय छ ।