काठमाडौं-बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ रिलिज भएको ६ हप्ता बितेको छ । तर अहिले पनि यो फिल्मले निरन्तर कमाई गरिरहेको छ । कयौँ हलमा अहिले पनि हाउसफुल चलिरहेको यो फिल्मले बलिउडका कयौँ हस्तीका फिलम्लाई पछारिसकेको छ ।


ADVERTISEMENT


२५ जनवरीमा सञ्जय लीला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ रिलिज भएर पनि ‘टाइगर जिन्दा है’ को आम्दानीको गतिमा कुनै कमी आएको छैन । विवादपछि ‘पद्मावत’ लाई राजस्थान, गुजरात र मध्य प्रदेश जस्ता ठुला राज्य तथा गोवामा पनि रिलिज गरिएको छैन । यसको सीधा फाइदा ‘टाइगर जिन्दा है’ लाई मिलेको छ ।


ADVERTISEMENT

# # #


बक्स अफिस इन्डियाको ताजा प्रतिवेदन अनुसार फिल्म ‘टाइगर जिन्दा है’ ले घरेलु बक्स अफिसमा ३३६.५१ करोड रुपैयाँको उत्साहजनक आम्दानी गरेको हो । चाँडै नै यो फिल्मले अमिर खानको प्रसिद्ध चलचित्र ‘पिके’ का रेकर्ड तोड्ने तयारीमा छ ।

एक्सनले भरिपुर्ण सलमान खान र क्याटरिना कैफ अभिनित ‘टाइगर जिन्दा है’ ले रिलिजको पहिलो साता २०६ करोड, दोस्रो हप्ता ८५.४१ करोड, तेस्रो हप्ता २७.३४ करोड, चौथो हप्ता १०.८७ करोड, पाँचौ हप्ता ५.७५ करोड रुपैयाँ कमाइसकेको छ । यसका साथै फिल्मको कुल आम्दानी ३३६.५१ करोड भारतीय रुपैयाँ भएको छ ।

३३६.५१ करोड आम्दानीसाथ ‘टाइगर जिन्दा है’ बलिउडको अहिलेसम्मकै सबैभन्दा धेरै आम्दानी गर्ने फिल्मको चौथो स्थानमा उक्लेको छ । चाँडै नै यो फिल्मले अमिर खानको ‘पिके’ लाई पछि पार्दै तेस्रो नम्बरमा कब्जा जमाउँदैछ ।

‘पिके’ ले ३३७.७२ करोड रुपैयाँ कमाएको थियो । एक दुई दिनमै ‘पिके’ को यो रेकर्ड तोडेर ‘टाइगर जिन्दा है’ बलिउडको तेस्रो सबैभन्दा धेरै कमाउने फिल्म बन्दैछ । सबैभन्दा धेरै कमाउने फिल्मको सूचीको पहिलो स्थानमा बाहुबली २ (५१० करोड रुपैयाँ) र दोस्रो नम्बरमा अमिर खानकै दंगल (३७४.५३ करोड रुपैयाँ) रहेको छ ।