काठमाडौं महानगरपालिकाले आफुहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीहरुले महानगरको कार्यालयअगाडी प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


महानगरले तोकेको समयमा सडकमा व्यापार गर्दा पनि आफुहरुको सामान खोस्ने काम गरेको भन्दै उनीहरुले महानगरको कार्यालयअगाडी प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले निर्वाध रुपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरुले यसअघि महानगरसंग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन् । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले महानगरले ज्यादती गरेका कारण आन्दोलन गर्नुपरेको बताए ।

उनले यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्ने, सडक व्यवसायीहरुलाई बिकल्प दिनुपर्ने माग गरेको उल्लेख गरे ।

श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने उनको भनाइ छ । चार दिन अगाडी काठमाडौंको रत्नपार्क क्षेत्रमा राती साढे ८ बजे महानगरले लुटपाट शैलीमा सामान खोसेको सडक व्यवसायीहरुको आरोप छ ।