काठमाडौँ – राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार अन्यतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार झक्कु सुवेदी निर्वाचित भएका छन् ।


ADVERTISEMENT


उनले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् । यस्तै महिला क्लस्टरतर्फ नेपाली काँग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार तुलसा कुमारी केसीलाई हराएकी हुन् ।


ADVERTISEMENT

# # #


सापकोटाले ५ हजार ४३५ मत भार प्राप्त गर्दा केसीले २ हजार ८६७ मतभार प्राप्त गरेकी हुन् ।