काठमाडौं-न्यूक्यासल युनाइटेमाथि प्रभावशाली जितसहित चेल्सी एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


एफए कप अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले न्युक्यासललाई ३–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।


ADVERTISEMENT

# # #


चेल्सीको घरलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा टिमलाई जिताउन मिसी बात्सुयी नायक बने । उनले २ तथा मार्को एलोन्सोले एक गोल गरे । बात्सुयीले पहिलो हाफमा दुई गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाएका थिए ।

बात्सुयीले खेलको ३१ र ४४ औँ मिनेटमा गरी दुई गोल गरेका हुन् । यस्तै एलोन्सोले ७२ औँ मिनेटमा गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो ।