काठमाडौं-काभ्रेको बनेपा ४ नालास्थित करुणामाई मन्दिर परिसरमा रहेका चाँदिका गरगहना चोरी भएको छ । आइतबार राति चाँदीका पाउजु, सिक्री, ताज मुकुट र चादिको पैसाको माला चोरी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।


ADVERTISEMENT


स्थानीयबासीका अनुसार नेवार समुदायको तान्त्रिक देवता आन्नदेव पनि चोरी भएको छ । करुणामाई मन्दिरमा श्रद्धालुले भगवानको नाममा चाँदीका गरगहना चढाउने गर्दछन् ।


ADVERTISEMENT

# # #


सोमबार बिहान भक्तजनहरु मन्दिर पुग्दा चोरी भएको थाहा पाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए । चोरी गर्नेको खोजी तीव्र बनाएको शाहले बताए ।