काठमाडौं-स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले घरेलु मैदानमा अलाभेसलाई २-१ ले पराजित गरेको छ । खेलको पहिलो हाफमा बार्सिलोना पछि परेको थियो । २३ अौं मिनेटमा ईबाइ गोमेजको पासमा जोन गुडेटीले पाहुना टोलीले अग्रता लियो ‌।


ADVERTISEMENT


दोस्रो हाफको ७२ अौं मिनेटमा आन्द्रेस इनिएस्टाको पासमा लुइस सुआरेजले बराबरी गोल फर्काए । त्यसको १२ मिनेटपछि लियोनेल मेसीले विजयी गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


बार्सिलोना अंक तालिकामा २१ खेलमा ५७ अंक लिएर शीर्षस्थानमा छ । दोस्रो स्थानको एट्लेटिको भन्दा ११ अंकको अग्रता रहेको बार्सा रियलभन्दा १९ अंक अगाडि छ ।