काठमाडौँ– निक्षेप तथा कर्जा सुरक्षण कोष र श्रृजनशील लघुवित्त वित्तीय संस्थाबीच आइतबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


आइतबारएक विज्ञप्ति जारी गर्दे कोषले सम्झौतापत्रमा कोषका जनकपुर शाखा कार्यालयका निमित्त प्रमुख कृष्ण बराल र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठले हस्ताक्षर गरेको कोषले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार वित्तीय संस्थाले प्रवाह गरेको बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रतिव्यक्ति रु. १० लाख रुपियाँसम्म, धितो जमानीमा लगानी गरेको प्रतिव्यक्ति रु २० लाख रुपियाँसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गरेको प्रतिव्यक्ति रु। १० लाख रुपियाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

यस्तै, भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति रु. ३ लाख रुपियाँसम्म, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यावसाय सञ्चालन गर्न प्रदान गरिको कर्जामा प्रतिव्यक्ति रु. १० लाख रुपियाँसम्म, सशस्त्र द्धन्द्धबाट प्रभावित व्यक्तिको लागि प्रदान गरेको स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार रु. १० लाख रुपियासम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघुउद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको रु। १५ लाख रुपियाँसम्मको कर्जा कोषले सुरक्षण गर्ने जनाइएको छ ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क बार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत सरकारले अनुदानवापत व्यहोर्ने र बाँकी ५० प्रतिशत वित्तीय संस्थाले कोषमा बुझाउनेछ ।

कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा संस्थाले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्ने विज्ञप्तिमा उल्लेख छ ।