काठमाडौं–नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT


बैठक मुख्यमन्त्रीको चयन, प्रदेश सभामुखको चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


आइतबारमात्रै एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री र प्रदेश समाभुखमा ७०–३० को भागबण्डा भएको थियो । दुई पार्टीबीच भागबण्डा मिलेसँगै एमाले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउन छलफलमा जुटेको हो ।

एमालेभित्र मुख्यमन्त्री र सभामुखमा आकांक्षी धेरै भएको बेला यो बैठटकलाई महत्वका साथ हेरिएको छ ।