बनेपा– काभ्रेपलाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका गरगहना चोरी भएको छ ।


ADVERTISEMENT


गएराति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दएि । उनका अनुसार मन्दिरबाट रु दुई लाख बराबरको गरगहना चोरी भएको अनुमान छ । स्थानीयवासीका अनुसार नेवारी समुदायको तान्त्रिक देउता आन्नदेव पनि चोरी भएको छ ।


ADVERTISEMENT

# # #


सो मन्दिरमा भक्तजनले चाँदीका गहना चढाउँछन् । सोमबार बिहान भक्तजनले पुग्दा चोरी भएको थाहा भएपछि प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी निरीक्षक शाहले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।