काठमाडौँ – एनआइएमबी एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्डका इकाईहरु बाँडफाँड गरिएको छ ।


ADVERTISEMENT


बन्दमुखी योजनाको बीज पूँजीसहित अंकित मूल्य १० रुपैयाँका दरका १० करोड इकाईहरु माघ २ गतेदेखि माघ १६ गतेसम्म गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।


ADVERTISEMENT

# # #


उक्त अवधिमा रितपूर्वक आवेदन दिएका ३९ हजार २७१ जना आवेदकहरु मार्फत ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका आवेदन परेको थियो । रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम इकाँई बाँडिएको हो ।

बिहानको ९ः०० बजे बुधबार बिहान निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड सम्पन्न भएको हो । यससँगै बीज पूँजीसहित योजनाको आकार १ अर्ब १३ करोड रुपैयाँ अर्थात् ११ करोड ३० लाख इकाई कायम गरिएको छ ।