काठमाडौँ– युनिलिभर नेपालको उत्पादन क्लोजअप नेपालले भ्यालेन्टाइनको अवसरमा डिजिटल अभियानलाई निरन्तरता दिएको छ । आपसी आर्कषणलाई सामिप्यतामा बदल्ने प्रात्साहनका साथ यो अभियानलाई निरन्तरता दिइएको कम्पनीले बताएको छ ।


ADVERTISEMENT


यसक्रममा क्लोजअपले एक भिन्न सोचाईका साथ नजिक आउँ वेब सिरिजको सुरुवात गरेको छ । जसमा दर्शकहरुले चार विभिन्न कथाहरुको निस्कर्षको निर्धारण गर्न सक्ने बताइएको छ । यसका लागि दर्शकले गरेको कमेन्टको आधारमा सिरिजको निस्कर्ष निर्धारण गर्दै त्यसमा प्रतिक्रिया जनाउनेलाई पुरस्कारस्वरुप क्लोजअप वितरण गरिनेछ।


ADVERTISEMENT

# # #


कम्पनीले सोही अभियानअन्तर्गत सुरु गरेको माइक्रोसाइटमा सहभागीले क्विज खेल्न सक्ने, आफ्नोलाई नोट्स लेख्न सक्नेछन्। १०० नोट्समध्ये उत्कृष्टलाई पुरस्कार र नेपालका प्रमुख डबलीमा प्रदर्शन गरिनेछ।

साथै, कम्पनीले यसमा उत्कृष्टलाई उपत्यकाका पाँचतारे होटलमा प्रियजनसँग लक्जरी डिनर, स्पाका साथै उपहार उपलब्ध गराइने जनाएको छ।

क्लोजअप ब्रान्डले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ नजिक हुन प्रेरित गर्ने भएकाले यो अभियानलाई निरन्तरता दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।