काठमाडौँ – सेयर बजारको उकालो यात्रा बुधबार पनि कायमै रहेको छ । यसदिन नेप्से सूचक ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा उक्लिएको हो । अघिल्लो दुई दिन क्रमशः नेप्से सूचक १४.५७ अंक र ९.४४ अंकले बढेको थियो । आज कूल २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता सेयर बजारमा कारोबार भएको छ ।


ADVERTISEMENT


सबैभन्दा बढी आज पनि हिमालयन रिइन्स्योरेन्सको २४ करोड ८२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको र न्यादी ग्रुप पावर लिमिटेडको ६ करोड ५९ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


ADVERTISEMENT

# # #


आज २४७ वटा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, जीवन बीमा र मुचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका छन् भने फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।

४ अंकले नेप्से बढेको यस दिन ४ वटै कम्पनी गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी र इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।