काठमाडौँ – मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि पोखरामा आयोजना हुने भएको छ ।


ADVERTISEMENT


मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगिता माघ २८ देखि फाल्गुन ७ गतेसम्म पोखरामा हुने जानकारी दिएको हो । प्रतियोगितामा सातवटा प्रदेशबाट १–१ टिम र आयोजक मनमोहन मेमोरियलको १ गरी ८ वटा टिम रहने आयोजकले जनाएको छ । २५ ओभरका १५ खेलहरुमध्ये १२ वटा लिग, २ सेमिफाइनल र एक फाइनल खेल हुने मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रतियोगीताको समूह ‘ए’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ मा मधेश, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेको छ । उद्घाटन खेलमा गण्डकी र कर्णाली प्रदेशबिच प्रतिस्पर्धा हुने अध्यक्ष गैरेले जानकारी दिए । उनले अब प्रतियोगीतालाई खेलाडीको विकासका लागि आगामी दिनमा प्रतियोगिता निरन्तर रुपमा बिभिन्न प्रदेशमा आयोजना गरिने बताए ।

प्रतियोगिताको विजेताले एक लाख, ट्रफी, खेल सामाग्री र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । खेलाडी छनोटका लागि सेन्टरबाट प्रत्येक प्रादेशीक क्रिकेट संघलाई सहयोग स्वरुप रु ५० हजार उपलव्ध गराइएको पनि आयोजकले जनाएको छ ।