काठमाडौँ – झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणहरुको लागि शेयर निष्काशन (आईपीओ जारी) गर्ने भएको छ ।


ADVERTISEMENT


कास्कीको माछापुच्छ्रे, गाउँपालीकामा ३२ मेगावाट क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरिरहेको आईपीओका लागि निष्काशन गर्ने भएको हो । जसका लागि कम्पनीले एल एस क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।


ADVERTISEMENT

# # #


साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच कम्पनीको करर्पाेरेट कार्यालय कुपन्डोल, लिलितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरका ५१ लाख कित्ता शेयर निष्काशन गर्ने लागेको हो । उक्त संख्या आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत रहेको छ ।

जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट लिमिटेडले करुवा सेती हाइड्रोपावर आयोजनाको निर्माण करीब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।