काठमाडौँ– सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले रु. १०० अंकित दरका २० लाख कित्ताले हुन आउने रकम २० करोड बराबरको साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएकोे हो ।


ADVERTISEMENT


कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यसको लागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

आयोजनाको कूल लागत रु २२० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण रु १३५ करोड नेपाल एसबिआई बैंक लि. को एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीकोे बहुमत शेयर लगानी रहेको छ ।

आयोजनामा भारतको फ्लोवेल इनर्जी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाडांै सवस्टेशनमा ल्याइनेछ ।

यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत उत्पादन गरी राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पु¥याउँदै आएको छ ।