काठमाडौं-मंगलबार बिहानै काठमाडौंको बानेश्वर चोकमा एउटा ‘रमिता’ देखियो। दृश्य हेर्न सर्वसाधरणको भीड लागेको थियो । कांग्रेसका केन्द्रीय स्तरका नेताहरु नै चोकमा जुत्ता पोलिस गर्न ब्रस लिएर बसेका थिए । पैदलयात्रु तथा आगन्तुकका जुत्ता उनीहरुले धमाधम पोलिस गरे ।


ADVERTISEMENT


यसरी बाटोमा जुत्ता पोलिस गर्नेहरुमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेता थिए ।


ADVERTISEMENT

# # #


कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममार्फत् पार्टी शुद्धीकरण हुनु पर्ने भन्दै उनीहरुले सांकेतिक विरोध यसरी गरेका थिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले हार व्यहोरेपछि कांग्रेसका दोस्रो तहका नेताहरु पार्टी नेतृत्वमा परिवर्तन हुनु पर्ने माग गर्दै आएका छन् ।