काठमाडौँ– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्जको ६८ औं वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त अवसरमा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले प्रमुख अतिथि लगायत समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रशिक्षण केन्द्रले उत्पादन गरेका जनशक्तिको कार्यसम्पादन शैली नै नेपाल प्रहरीको वास्तविक ऐना हुने भएकाले संगठनको गरिमामय ईतिहासलाई अझै दर्बिलो खम्बा बनी माथि उठाउन सक्ने जनशक्तिको निर्माणमा यो प्रशिक्षण केन्द्र सँधै लागिरहने राय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महानिरीक्षक कुँवरले उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानवाट प्रकाशित बार्षिक पत्रिका “प्रेरणा–२०८०” को लोकार्पण गरेका थिए । साथै उनले नेपाल प्रहरीको वार्षिक तालिम क्यालेण्डर अनुसारका प्रशिक्षण गतिविधिलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सञ्चालन गरी व्यावसायिक एवम् दक्ष जनशक्ति उत्पादन गर्न पुर्‍याएको योगदानको कदर गर्दै प्रशंसा गरे ।

समारोहमा उत्कृष्ट प्रहरी तालिम केन्द्रको रुपमा छनौट गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरालाई कुँवरले प्रशंसा–पत्र समेत प्रदान गरिएको थियो ।