काठमाडौं-काठमाडौं–२५ स्थित मच्छिन्द्रबहालमा आफ्नै सहकर्मीको ईटा प्रहारबाट एक जना सुरक्षागार्डको हत्या भएको खुलेको छ ।


ADVERTISEMENT


आइतबार राति इस्टवेस्ट सेक्यूरिटिजमा कार्यरत् सुरक्षागार्ड मावापौवा घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको हत्या भएको थियो ।


ADVERTISEMENT

# # #


उनको हत्यामा संलग्न भएको आरोपमा तामाङकै सहकर्मी मकवानपुरको साविक चितलाङ–२, हालको थाहा नगरपालिकाका २२ वर्षीय राजन थापा क्षेत्री पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले ड्यूटीको विषयमा वादविवाद हुँदा उनले तामाङको हत्या गरेका थिए ।

महानगरीय प्रहरी परिसरले उनलाई काठमाडौंको बाङ्मुढाबाट सोमबार दिउँसो पक्राउ गरेको थियो ।