काठमाडौं – सहिद दिवसका अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


मुलुक र जनताको स्वाधिनता र स्वतन्त्रताका लागि प्राण आहूति दिएर वीर सपुतहरुको सम्मान र सम्झनामा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमबाट संकलित रगत केन्द्र मार्फत बिपन्न गरीब बर्गका बिरामीहरुमा उपलब्ध गराइने नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


सो कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य प्रकाशशरण महत र नेविसंघ अध्यक्ष नैनसिंह महर लगायतका नेताहरु सहभागि थिए । उक्त कार्यक्रम विश्वभाषा क्याम्पसमा भएको थियो ।