काठमाडौं– नेकपा एमालेले औचित्य पुष्टि नभएका र दीर्घकालीन महत्व राख्ने वर्तमान सरकारका निर्णयप्रति आगामी सरकार जवाफदेही नहुने चेतावनी दिएको छ ।


ADVERTISEMENT


स्थायी समितिको बैठक पछि मंगलबार पार्टी कार्यालय धुमबराहीमा संचारकर्मीसंग कुरा गर्दै उपाध्यक्ष बामदेव गौतमले उक्त चेतावनी दिएका हुन् । सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा नेता गौतमले नयाँ जनादेशअनुसार आगामी सरकार गठनको लागि पर्खिरहेको एमालेले मुलुकलाई बोझ पर्ने र औचित्यविहिन निर्णयको जवाफदेही स्वयम् वर्तमान सरकार नै हुनुपर्ने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उपाध्यक्ष गौतमले दीर्घकालीन महत्व राख्ने अनुचित र औचित्यहिन निर्णयको जवाफदेहि आगामी सरकार नहुने बताउँदै जथाभावी शहीद घोषणा, बेरोजगार भत्ता, जेष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता लगायत विषयमा सरकारले गरेका निर्णयले मुलुकलाई अनावश्यक आर्थिक बोझ बोकाएको जिकिर गरे । दीर्घकालीन महत्वका निर्णय उल्टाउने चेतावनी समेत उनले दिए । उपाध्यक्ष गौतमले जनादेश गुमाईसकेको सरकारले र्निलज्ज तरिकाले अनुचित निर्णय गर्दे गएको दाबी गरे ।

नेपाल परिवार नियोजन संघको निर्वाचित केन्द्रीय समितिलाई भंग गर्ने, एकल महिलालाई उपलब्ध गराउदै आएको जीवन निर्वाह भत्तामा समेत ५५ बर्षभन्दा माथिको उमेर हद तोकेपछि सरकारको चौतर्फी आलोचना हुदै आएको छ । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस भित्रैका नेता कार्यकर्ताले पनि जथाभावी शहीद घोषणा गरेको भन्दै विरोध गर्दै आएका छन्  ।