खोटाङ – घर बिदा सकेर ब्यारेक फर्कंदै गरेका नेपाली सेनाका एक जवान सात दिनदेखि सम्पर्कविहीन भएका छन् ।


ADVERTISEMENT


सुनसरीको बराह नगरपालिका–५ भरौल घर भई खोटाङको दिक्तेलस्थित शेरगण मुडे ब्यारेकमार्फत सोलुखुम्बुको डाँडाखर्क पोष्टमा कार्यरत ३३ वर्षीय अर्जुन थापा गत चैत १६ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।


ADVERTISEMENT

# # #


चैत १५ गते हाजिर हुनेगरी १५ दिनको घर बिदामा गएका थापाले दुई दिनपछि चैत १७ गतेमात्र ब्यारेक आइपुग्ने बताएको शेरगण मुडे ब्यारेकले जनाएको छ । चैत १६ गते नै घरबाट हिँडेका उनले सोही दिन बेलुका ओखलढुङ्गा आइपुगेर टेलिफोन सम्पर्क गरेका थिए ।

थापाले ओखलढुङ्गा पुगेँ भनेर घरमा सम्पर्क गरेको उनका दाजु गणेशले बताए– “त्यसपछि सम्पर्कमा आउनु भएको छैन ।” थापा नेपाली सेनाको पूर्वी पृतना इटहरीमा दरबन्दी भई शेरगण मुडे ब्यारेकमा छ महिनाअघिदेखि काजमा खटिएर खोटाङ आएका थिए ।