सुनसरी– सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट भारतले अनुदान दिएको को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका गणपति समेनन्द बज्राचार्यले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । बरामद सबै गाँजाको तौल २७३ किलो गाँजा रहेको सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले जनाएको छ ।

बरामद एम्बुलेन्स र गाँजा थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको बज्राचार्यले बताए ।