मुग्लिन- गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ। इच्छाकामनाका उर्दाङढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् ।


ADVERTISEMENT


होटेल व्यवसायी संघका पूर्वअध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन् । ‘चितवनका तराई क्षेत्रमा गर्मी बढ्दोे छ, तर यहाँ गर्मीको महसुस नै हुँदैन, जाडो छ,’ पूर्वअध्यक्ष ढकालले भने ।


ADVERTISEMENT

# # #


गर्मी बढेसँगै मायाटारसहित उर्दाङगढी, घुर्केश, हात्तीवाङलगायत गाउँका घरबास भरिभराउ छन् । इच्छाकामना– २, मायाटारमा घरबास सञ्चालन गर्दै आएका टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताए । उनले भने, ‘यहाँ बाह्रै महिना पर्यटकहरू आउने गर्छन्, तर गर्मी मौसम आन्तरिक पर्यटककको चाप बढ्ने गरेको छ ।’

उनका अनुसार गत वर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जना जना आउने गरेका छन् । शनिबार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको गुरुङले बताए ।

हाल घुर्केशमा १४ र मायाटारमा दुईवटा घरबास सञ्चालनमा रहेको जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पालिका क्षेत्रका पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा सहयोग गर्दै आएको बताए ।