काठमाडौँ– सदनमा राप्रपा र माओवादी केन्द्रका सांसदबीच भनाभन भएको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदको लोगो लगाएर मुलुकको परिवर्तित व्यवस्थाकाविरुद्ध बोल्नु उचित नहुने बताए ।


ADVERTISEMENT

# # #


संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको भन्दै संसदको लोगो लगाएर व्यवस्थाको बारेमा बेलाबखत चाहिने भन्दा ज्यादा अर्नगल प्रचारबाजीहरु गर्ने काम भएको उनले सुनाए ।

यस्तै, संविधानमाथि माथि गएर संसदमा बहस गर्ने अधिकार कसैलाई पनि नभएको उल्लेख गर्दै उनले भने, ‘संविधान अनुसार बेला–बेला मन्त्री पनि हुने तर संविधानलाई ध्वंश तुल्याउने काम स्वीकार्य हुदैँन ।’ संसदभन्दा माथि राजतन्त्रको वकालत हुन नसक्ने उनले जिकिर गरे ।

लगतै विशेष समयमा बोल्दै ाप्रपाका सांसद तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सापकोटालाई लक्षित गर्दै विचार मिल्दैन भन्दैमा सांसदको राजीनामा माग्न नपाउने व्यवस्था रहेको बताए । उनले संविधानको धारा १०३ मा सांसदहरुमा वाक स्वतन्त्रता रहेको जिकिरगर्दै देशको व्यवस्थाका बिषय संशोधनीय रहेको राय प्रस्तुत गरे ।

शाहीले आफुलाई जुम्लाका जनताले चूनिएर पठाएको र आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्दै शाहीले आफुलाई जुम्लाका जनताले चूनिएर पठाएको भन्दै आफुले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताए । उनको सो अभिव्यक्तिमा बोल्दै नियमापत्ती गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ती शब्द आपत्तिजनक रहेको बताए ।

लगत्तै शाहीको पक्षमा उभिदैँ कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने भन्दै पाण्डेलाई रोके। उनले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा आएर बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको स्मरण समेत गराए ।