काठमाडौँ – न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ । जिल्ला न्यायाधीश डा पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन् ।

हाल न्यायपरिषदमा तानिएका थपलियामाथि पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासमा मुद्दाहरु मिलाउने र मोलाहिजाको काम गरेको लगायतका आरोपसहित न्यायपरिषदमा उजुरी परेको थियो ।