काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको छ ।


ADVERTISEMENT


विवादकाबिच सोमबार काठमाडौमा बसेको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । साधारणसभाले फुटवलको सन २०२४ को वार्षिक क्यालेन्डर समेत पारित गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


बैठकमा एन्फाको १ सय ५ प्रतिनिधिमध्ये ७४ जना साधारणसभामा उपस्थित रहेको उनले बताए । उनले केही सदस्यको विवाद रहे पनि सर्वसम्मतले वार्षिक कार्यक्रम पारित गरेको जानकारी दिए ।

एन्फाको केन्द्रीय कार्यासमितिमा निर्णय नभएका कुराहरु पनि साधारणसभाको एजेण्डा बनाइएको भन्दै केही सदस्यहरुले साधारणसभा बहिष्कार गरेका थिए ।