काठमाडौँ – भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । लामो समयदेखि अल्जाइमरबाट पीडित ८१ वर्षीय आचार्यको उपचारको क्रममा आज ललितपुर स्थित मेडिसिटी अस्पताल निधन भएको उनको परिवारिक स्रोतले जानकारी दिएको छ ।

मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ , माया मेरी साँझ बनी डोली चढी आउँछिन् । जस्ता कालजयी गीतहरु गाएका आचार्यको जन्म विक्रम सम्वत १९९९ असोजमा भएको थियो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



उनको अन्तिम संस्कार भोलिमात्र गरिने परिवारका सदस्यले जनाएका छन् ।