काठमाडौँ– बुधबार अपरान्ह पूर्वयूवराज पारश शाह मन्दिर दर्शनमा निस्किए । उनी बुधबार दिँउसो पशुपतिनाथ र गुह्वेश्वरीको पूजा गर्न आफ्ना समर्थकसहित पुगेका थिए ।


ADVERTISEMENT


दिँउसो साढे ३ बजे गुह्वेश्वरी मन्दिर पुगेका उनले झन्डै १० मिनेट पूजा गरे । मन्दिरमा पुग्ने बित्तिकै बागमती किनारमा गएर सहयोगीले खोलाबाट अञ्जुलीमा ल्याएको पानी टाउकोमा लगाए अनि समर्थकहरुको फूलमाला लिँदै मन्दिरमा पूजा गर्न गएका थिए । विभिन्न ठाँउबाट आएका उनका समर्थकहरुले बाहिर राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।


ADVERTISEMENT

# # #


गुह्वेश्वरीमा पूजा सकेर उनी पशुपतिनाथको मन्दिरमा पूजा गर्न गए । गुह्वेश्वरीबाट पिङ्गलास्थान, गौशला हुँदै मन्दिरको दक्षिण गेट उत्रिएका थिए । त्यहाँ उनका समर्थकहरुको भीड लागेको थियो । समर्थकहरुको हातबाट फूलमाला लिँदै मन्दिर प्रवेश गरेका उनले झन्डै १५ मिनेट पूजा गरे र पश्चिम गेटबाट बाहिरिए ।

मन्दिरबाट बाहिरिएपछि शाहसँग सेल्फी फोटो खिच्न खोज्नेहरुको भीड लागेपनि सुरक्षाकर्मीले हटाएका थिए । उता उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए । चप्पल लगाएर मन्दिर पुगेका शाहले उलन कोट लगाएका थिए । टाउको माथि कालो चस्मा राखेका उनले पछाडि कपालको चुल्ठो बाँधेका थिए ।

पूर्व युवराज शाह यसअघि बाहिर देखिएको भन्दा अलि मोटाएको जस्तो देखिन्थे । सञ्चारकर्मीहरुले केही बोलिदिन आग्रह गरेपनि उनले अब के बोल्नु छ र ? भन्दै पन्छिएर बाटो लागे ।