काठमाडौं-डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी समक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत दिएका छन् ।


ADVERTISEMENT


“प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी गरेको आधारमा प्रतिशोध साँधी प्रधान न्यायाधीश गोपाल पराजुलीले सो मुद्दाको वहस सकिनासाथ मिति २०७४/९/२६ गते अन्दाजी ५:३० बजे तथा उहाँको सम्बन्धमा नागरिक दैनिकमा गत बिहीबार मेरो लेख प्रकाशित भएपछि सोही दिन बिहान अन्दाजी ९:३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको,” भण्डारीले निवेदनमा भनेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी माघ १६ गते २ बजे केही मानिसउलाई आफ्नो शंखमुलस्थित घरमा पठाई पुनः धम्की दिएको हुँदा आफ्नो ज्यानमा प्रधान न्यायाधीशबाटै खतरा भएको हुनाले शान्ति सुरक्षाको माग गरेका छन् ।