बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रममात्रै भएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार कांग्रेसको बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा उनले एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने दाबी गरे । उनले भने ‘एमाले इज अ प्राइभेट लिमिटेड ।’


ADVERTISEMENT

# # #


केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले कालोधनलाई एक पटक ठाउँ दिनुपर्छ भन्ने अभिव्यक्ति दिनुको पछाडि खतरनाक षड्यन्त्र भएको थापाले बताए । ‘यो खतरनाक ट्रेलर मात्र हो, अरु थुप्रै कुराप्रति कांग्रेस जुध्दै अघि बढ्नुपर्ने हुन सक्छ’ उनले भने ।

मोदीको फोन र सुष्माको भ्रमण शंकास्पद

ओली प्रधानमन्त्री बन्नुअघि नै भारतीय प्रधानमन्त्री मोदीले दुईदुई पटक फोन गर्नु र भारतीय विदेशमन्त्री नेपाल आउनु शंकास्पद भएको उनले बताए ।

यस विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्न नसक्नु कमजोरी भएको थापाको भनाइ छ । ‘ओली नै प्रधानमन्त्री बन्ने के ग्यारेन्टी छ र ? एमाले र माओवादीको भागबण्डा बाँकी नै छ, भारतले बधाइ दिइसक्यो ।’

नेपालका सबै कम्युनिष्ट पार्टीहरु बीपीकै बाटोमा आएकाले कांग्रेसले गौरव गर्नुपर्ने थापाले बताए । ‘मार्क्स, लेलिनको झण्डा र नारा बोक्नेहरु बीपीको राजमार्गमा आएका छन्, कांग्रेसले परिकल्पना गरेको राज्यब्यवस्था र आयामहरुमा मुलुक र सबै दल समेटिएका छन्’ उनले भने, ‘राजनीति हामीले जित्यौ, तर चुनाव हार्‍यौं, त्यसैले यो सेलिब्रेट गर्ने बेला हो,आत्म निन्दामात्र नगरौं गौरव गरौं ।’