बारा– प्रहरीमाथि आक्रमण गरी हतियार लुटेर भाग्ने तस्कर समूहका एक जना पक्राउ परेका छन् । बारा प्रहरीले कलैया उपमहानगरपालिका बडा नम्बर १२ धर्मनगरका ५१ वर्षीय रामलाल साह गोढलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


गत बैशाख ११ गते कलैया उपमहानगरपालिका वडा नं.१२ धर्मनगर स्थित नेपाल ईट्टा उद्योग नजिकको सडकमा पका साह समेतका २र३० जना व्यक्तिहरुले भारतबाट भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रामण भएको थियो ।


ADVERTISEMENT

# # #


तस्करहरुको समुहले ज्यान मार्ने उदेश्यले प्रहरी टोली माथी ईट्टा, ढुङ्गा समेतले सांघातिक आक्रमण गरीसर्टगन थान–१ समेत लुटेका थिए ।

पछि खोजतलाशको क्रममा ईट्टा भट्टामा रहेको काचो ईट्टाको चेपमा लुकाई छिपाई राखेको अवस्थामा सर्टगन भेटिएको थियो ।

पक्राउ परेका शाहमाथि डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा बारा जिल्लाबाट म्याद अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भई रहेको जिप्रका बाराले जनाएको छ ।