काठमाडौं-मध्यपश्चिम र सुदूरपश्चिममा सदियौं देखि जरा गाडेर बसेको छाउपडी कुप्रथाका विरुद्धमा संयुक्त विद्यार्थी संगठनद्वारा अछामको मंगलसेनमा बृहत छलफल सम्पन्न भएको छ ।


ADVERTISEMENT


छाउपडी प्रथा लगायत पूर्बी तराईमा भएको दाइजो प्रथा र पूर्वी पहाडमा ललाई फकाई गरेर बेच्ने जस्ता कू प्रथाहरुको अन्त्य गर्न, प्रदेश अनुसार पाठ्यक्रममा समेटेनु पर्ने र सबैले यस्ता कार्यहरूलाई जघन्य अपराधको रूपमा लिएर कारबाही गर्नुपर्ने , जुन घरपरिवारले नारीहरु माथी विभेद गर्छ त्यस्तालाई पालिकाहरुबाट पाउने सुबिधाबाट बन्चित गर्नुपर्ने जस्ता विविध कार्यक्रम लिएर संयुक्त बिद्यार्थी संघ अछाम पुगेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेबिसंधको उपाध्यक्ष पुष्प कुमार शाही, युवासंघको केन्द्रिय अध्यक्ष नबिना लामा, अखिल क्रान्तिकारीका बिजय गौतम, बिभिन्न गाँउपालीकाका अध्यक्ष तथा उपाध्यक्ष, बिभिन्न पार्टीका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

अछामको मंगलेसनमा कार्यक्रम सम्पन्न भएलगत्तै संयुक्त बिद्यार्थी संगठनको टोली दैलेखको राकममा प्रस्थान भएको कुरा नेबिसंघका उपाध्यक्ष पुष्प साहीले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।