काठमाडौं-गएको बिहिबार काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटना गुपचुप राख्ने प्रहरीका सई निलम्बनमा परेका छन् भने वृत्तका प्रमुख डीएसपीलाई महानगरीय प्रहरी परिसरमा तानिएको छ ।


ADVERTISEMENT


त्यसैगरी घटना लुकाउनमा संलग्न प्रहरी निरिक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको प्रहरीले जनाएको छ । घटनाको छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा समिति गठन भएको थियो । समितिको अनुसन्धानपछि वृत्तमा कार्यरत सई चन्द्र भण्डारीले घटना लुकाउनमा मुख्य भूमिका खेलेको भन्दै उनलाई निलम्वन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार अभियुक्तसँग मिलेर बलात्कारको घटनालाई लुकाउन खोज्ने प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई थुनामा राखिएको छ भने डीएसपी तिलक भारतीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी प्रहरी परिसरमा तानिएको छ ।

“गम्भीर प्रकृतिको घटना माथिल्लो निकायमा रिपोर्टिङ नगरी लुकाउनु गलत नियत देखियो,” एसएसपी धानुकले भने, “अनुसन्धान गर्नकै लागि समिति बनेको छ, अनुसन्धान हुँदैछ ।”