काठमाडौँ – हङकङमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत नेपाल र घरेलू टोली हङकङबीचको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । वर्षाका कारण रोकिएको खेल पुनः सुरु गर्ने अवस्था नभएपछि म्याच रेफ्रीले खेल रद्द गर्ने निर्णय गरेका हुन् ।


ADVERTISEMENT


खेल रद्द भएसँगै नेपाल र हङकङले अंक बाँडेका छन् । सिरिजको दोस्रो खेल नेपालले मंगलबार पपुवा न्यूगिनीसँग खेल्नेछ । सोही दिन हङकङले पपुवा न्यस्गिनीसँग खेल्नेछ । उत्कृष्ट २ टोलीले फाइनल खेल्नेछन् भने तेस्रो हुने टोलीले हङकङको ‘ए’ टोलीसँग तेस्रो स्थानका लागि प्रतिपर्धा गर्नेछ ।


ADVERTISEMENT

# # #


नेपालले शनिबार मैत्रीपूर्ण खेलमा हङकङसँग ७३ रनको हार व्यहोरेको थियो ।