काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ सेनाका उपप्रमुख मेजर जनरल जाङ बाओकनबीच भेटवार्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


आइतबार जंगी अड्डास्थित प्रधान सेनापतिको कार्यलयमा सो भेटवार्ता सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


भेटघाटका क्रममा दुई छिमेकी देशहरु साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएका सम्बन्धका विविध पक्षहरु एवम् आपसी चासोका विषयमा छलफल भएको बताइएको छ ।

शनिवार नेपाल आइपुगेका जाङ नेतृत्वको उक्त चिनियाँ टोलीले काठमाडौँ, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटक स्थलहरुको भ्रमण गर्ने बताइएको छ । सो टोली २९ गते चीन फिर्ता हुनेछन् ।