काठमाडौँ– राष्ट्रिय सभाको अध्यक्षका लागि थप दुई जनाले उम्मेदवार दर्ता गराएका छन् ।


ADVERTISEMENT


अध्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । मङ्गलवार हुने निर्वाचनको कार्य तालिका अनुसार उनीहरुले आज उम्मेदवारी दर्ता गराए ।


ADVERTISEMENT

# # #


आइतबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेसको पार्टी सांसदीय दल कार्य समितिको बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो भने माओवादीका लागि उम्मेदुवार दिएका दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् ।