काठमाडौँ– नेपाल सरकारले सहयोग नगरेको भन्दै रूसी सेनामा भर्ती भएका नेपाली युवाले छिमेकी मुलुक भारतसंग गुहार मागेका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश सार्वजनिक गर्दै पाँच नेपाली युवाहरूले आफूलाई त्यहाँबाट निकालिदिन त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका हुन्।


ADVERTISEMENT

# # #


भिडियोमा आफूहरु एजेन्टले झुक्काएर रूसी सेनामा भर्ती भएको बताउँदै ती युवाले तीन भारतीय नागरिकहरूलाई भारत सरकारले फिर्ता लगेपनि आफूहरुलाई स्वदेश फिर्ता गर्न सरकारबाट कुनै सहयोग नभएको र नेपाली राजदूतावासले पनि चासो नदिएको बताएका छन्।

भारत र भारतीय दूतावास शक्तिशाली रहेको भन्दै आफूहरुलाई त्यहाँबाट निकाली दिन उनीहरुले भारत सरकारसमक्ष आग्रह गरेका छन् ।

‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं,’ उनीहरूले हिन्दी भाषामा भनेका छन्, ‘‘नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। भारत र भारतीय दूतावास शक्तिशाली छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं।’

 

सुन्नुहोस् उनीहरुको अपिल नेपाली अनुवादमा जस्ताको तस्तै :

‘अहिले हामी रसियन सेनामा छौं। हामी नेपालबाट आएका थियौं। तर, यहाँ आएपछि हामीलाई धेरै समस्या भएको छ । किनकी एजेन्टले हामीसँग झुट बोलेर यहाँ ल्यायो। रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएको थियो। तर, यहाँ आएपछि हामीलाई युद्धमा जान परिरहेको छ। यसकारण यहाँबाट हामी यहाँबाट निस्कन चाहन्छौं। हाम्रो साथमा तीन जना भारतका साथीहरू थिए। उनीहरूलाई भारतको सरकारले फिर्ता गर्‍यो तर नेपाली राजदूतावासले हामीलाई कुनैपनि सहयोग गरिरहेको छैन। नेपालबाट कुनैपनि प्रक्रिया अगाडि बढिरहेको छैन।

त्यसकारण हामी हाम्रो छिमेकी मुलुक भारतसँग मद्दत माग्न चाहन्छौं। हामीलाई भारतले हाम्रो मद्दत गर्छ भन्नेमा आशावादी छौं। हामीलाई निराश पार्ने छैन। नेपाल र भारतबीच राम्रो सम्बन्ध छ। यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं। किनकी तपाईंहरूको राजदूतावास पनि शक्तिशाली छ ।

हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं। किनकी हामीसँग धोका भएको छ । हामीलाई सहयोगी भनेर युद्धमा पठाइरहेको छ। हामी ३० जनामध्ये अब पाँच जना मात्र बाँकी छौं। कसलाई कता पठाए कोही गम्भीर घाइते भएका छन्। अहिले हामी पाँच जना मात्र छौं।

यही हो हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं । सम्भव हुन्छ भने हामीलाई यहाँबाट निकाल्नुहोला। हामी भारतसँग मद्दत माग्न चाहन्छौं। नमस्ते।’