काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेड टोटनह्यामसँग पराजित हुँदै शीर्ष स्थानको सिटीसँग अंक घटाउने मौका गुमाएको छ । बुधबार राति भएको खेलमा लिगको पाँचौ स्थानमा रहेको टोटनह्यामले युनाइटेडलाई २–० गोलअन्तरले हराउँदै प्रभावशाली जित हात पारेको हो ।


ADVERTISEMENT


घरेलु मैदान विम्बलीमा भएको खेलमा टोटनह्यामलाई जिताउन क्रिस्टियन इरिक्सेनले गोल गरे । एक गोल भने युनाइटेडका फिल जोनेसले आत्मघाति गोल गरेपछि टोटनह्यामले उपहार पाएको थियो । खेल सुरु भएको ११ सेकेण्डमा क्रिष्टियन एरिक्सनले गोल गर्दै पोकेटिनोको टिम टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


२८ औँ मिनेटमा युनाइटेडका फिल जोन्सले बल नियन्त्रण गर्ने क्रममा आफ्नै पोष्ट मा गोल प्रहार गरे । यसपछि टोटनह्यामले २–० को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र युनाइटेड २–० ले नतिजा टोटनह्यामको पोलटामा सुम्पिन बाध्य भयो ।

एरिक्सनले ११ सेकेण्डमा गरेको गोल प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो भएको भएका गोलको सूचिमा दोस्रो स्थान रहेको छ । अहिलेसम्म प्रिमियर लिगमा १० सेकेण्डमै पनि गोल भएको छ ।

हारपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २५ खेलबाट ५३ अंक छ र ऊ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १५ अंकले पछि परेको छ। पाँचौँ स्थानको टोटनह्यामको २५ खेलबाट ४८ अंक भएको छ।