काठमाडौं-उपाधिको दाबेदार म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा प्रभावशाली जित हात पारेको छ।


ADVERTISEMENT


सिटीले वेष्ट ब्रुममाथि ३–० गोलअन्तरको जित निकाल्दै उपाधि रक्षाका लागि आफ्नो पकड बलियो बनाएको हो। यो सँगै लिगमा उसले दोस्रो स्थानमा रहेको युनाइटेडसँग १५ अंकको अग्रता कामय गरेको छ ।


ADVERTISEMENT

# # #


लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा वेष्ट ब्रोमलाई ३–० ले हराउँने क्रममा फरनान्डिन्हो, केविन डी ब्राउन र सर्जियो अग्युरोले गोल गरे । १९ औँ मिनेटमा फरनान्डिन्होको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता लियो । ६८ औँ मिनेटमा डी ब्राउनले अग्रता दोब्बर पारे । यस्तै ८९ औँ मिनेटमा अग्युरोले गोल गरेपछि सिटी ३–० ले विजयी भयो ।

जितपछि उसको २५ खेलबाट ६८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५३ अंक छ।