काठमाडौँ– नेकपा एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले प्रचण्ड, ओली र माध नेपालबचि १५÷१५ महिनाको प्रधानमन्त्रीको पद बाँड्ने सहमति भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


पार्टी अध्यक्ष माधव नेपाल पनि १५ महिना प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनमा सहमति भएसंगै नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको खुलासा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, विश्वासको मत दिनुअघि केपी शर्मा ओली र प्रचण्डसँग प्रतिबद्धता मागेको एकीकृत समाजवादीले माधव नेपाल प्रधानमन्त्री बन्ने ग्यारेन्टी खोजेको थियो ।

सोही अनुसार मुख्य नेताहरुबीच १५/१५ महिना प्रधानमन्त्री बन्ने समझदारी बनेको भन्दै चौधरीले अब १५ महिना प्रचण्ड प्रधानमन्त्री रहने र त्यसपछि १५ महिना माधव नेपाल प्रधानमन्त्री बन्ने र त्यसपछि चुनावी सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने समझदारी भएको उनले बताए ।

उहाँले सत्ता गठबन्धनमा भएको सहमती कार्यान्वयन गर्न आफूहरु इच्छुक रहेकाले सो सहमती कार्यान्वयन हुने विश्वासका साथ प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको भन्दै सो सहमती कार्यान्वयन नभएमा फरक तरिकाले अधि बढ्ने उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले अहिले प्रतिनिधिसभामा विश्वासको मत लिदैँछन् ।