काठमाडौ– नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पत्नी रन्जितासँगको असमझदारी घर झगडा नभई राजनीतिक विषय भएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जालमार्फत आफू र आफ्नो पत्नीबीच भएको विवादलाई प्रष्ट पार्दै चौधरीले सो स्पष्टोक्ति दिएका हुन् ।


ADVERTISEMENT

# # #


आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । यसैबीच प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबीच विवाद छ ।

रञ्जिता प्रचण्डलाई समर्थन गर्ने कुरामा अडिग भएपनि रेशम भने यसको अपवादमा उभिएका छन् । यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमले फेसबुकमा लेखेका छन् ।

‘विषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् ’ उनले लेखेका छन्, ‘सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।’

जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै उनले थप लेखेका छन् ‘सन्दर्भः घर झगडा हुँदै होइन,विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । आज पनि हेर्नुस् , एमाले,माओवादी,कांग्रेस । यी ठुला दलका नेता,कार्यकर्ता सांसद कतै चलमलाएका छन् र तर एकीकृत समाजवादी,जसपा,नाउपा,लोसपा,रास्वपा,राप्रपा जस्ता साना दलमा कत्रो भुईँचालो गएको छ ?’

टिकापुर घटना पछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएको प्रसंग निकाल्दै रेशमले आफूहरु उनको कृपाका कारण रिहा नभएको बताएका छन् । ‘मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकी हौं ।’

‘जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो । मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफुले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन’, उनले थप लेखेका छन्, ‘मलाई भोट हाल्,मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ ।’

हेर्नुहोस् रेशमले फेसबुकमा हालेको स्टाटस जस्ताको तस्तै :