काठमाडौँ – सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।


ADVERTISEMENT


नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको निफको सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गरिन् । चैत्र ५ गतेसम्म चल्ने महोत्सवमा ६० देशका ५ सय बढी फिल्मबाट छनौट भएका ४० देशका ८८ फिल्म देखाइने प्रतिष्ठानले जनाएको छ । महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।


ADVERTISEMENT

# # #


निफको उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले नेपाली चलचित्रहरुको विश्वव्यापी बजारीकरणले यस क्षेत्रको आर्थिक अवस्था मजबुद हुने र पूर्वीय संस्कृतिको प्रवद्र्धनका साथै विस्तारमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सूचना प्रविधीका कारण सिर्जित विश्वव्यापीकरणले नेपाल जस्ता प्राचिक मुलुकहरुको संस्कृतिहरु लोप हुने खतरा रहेको भन्दै उनले त्यसो हुन नदिन मौलिक संस्कृतिसंग जोडिएका कथावस्तुमा धेरै भन्दा धेरै चलचित्र बन्नुपर्नेमा जोड दिइन् ।

महोत्सवमा अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशी सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै विभिन्न विधामा उत्कृष्ट फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने जनाइएको छ ।

May be an image of 3 people and text

May be an image of 3 people

May be an image of 10 people and text

May be an image of 3 people, speaker, television and text

May be an image of 7 people and text

May be an image of 7 people and text

सबै तस्बिर : निफ