रौतहट – रौतहटको परोहा नगरपालिका–९ बस्ने शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साह गोली प्रहारबाट घाइते भएका छन् । २६ वर्षीय साह शुक्रबार दिउँसो अपरिचित व्यक्तिहरुको गोली प्रहार बाट घाइते भएका हुन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार काउन्टरमा काम गरिरहेको अवस्थामा अपरिचित ३ जना व्यक्तिहरूले साहलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका नितेशलाई प्रादेशिक अस्पताल गौर लगिएकोमा थप उपचारको लागि वीरगंज रिफर गरिएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्न रहेको आरोवमा भारतको बिहार पुर्वी चम्पारण मोतिहारी दिपही–२ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान र बिआर ०६ सिएल ९७९६ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।