काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मा र मंगोलियाका राजदूत गनबोल्ड डमबजावबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


शुक्रवार जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा यी दुईबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


वार्तामा आपसी चासोको विषयमा छलफल भउको जनाइएको छ ।

सो भेटले दुई देशबीच आपसी सम्बन्ध थप सुमधुर र प्रगाढ हुने विश्वास लिइएको छ ।